पछिल्लो अपडेट
Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Wednesday, July 30, 2014

कपिल अञ्जान - गजल

गजल


आगोले छानो जलाउन चाहेन
हुरीले पनि घर उडाउन चाहेन

किन पुरा जिन्दगी ध्यानमै बितायो

महात्माले रहस्य बताउन चाहने

पहाडलाई चुनौति दिएर फर्कियो
तुफानले ताजमहल भत्काउन चाहेन

त्यो हत्यारा उसकै सन्तान रहेछ
न्यायाधिसले फैसला सुनाउन चाहेन


ऊ हरेक चेहरासँग ठोक्किरह्यो
अञ्जानले आफूलाई चिनाउन चाहेन 

© कपिल अञ्जान

Saturday, July 12, 2014

बिपिन संघर्ष सलामी - गजल



कहिले वार कहिले पार गरियो 
धेरै चोटी डुङ्गामा सवार गरियो 

तलाउको पानी पनि दौडिदो रहेछ 
पत्थर हिर्काएर बिचार गरियो 

नजिकबाट चिने पनि जिवनलाई 
नचिनेको जस्तो ब्यवहार गरियो 

भोक रोग अनि शोक मात्रै भेटियो
बिपन्नता जब चिरफार गरियो

केबल यादहरु मात्रै पठाएछौ
तिमी आउँछौ कि भनि इन्तजार गरियो

यसकारण पनि निदाउन सकिन
रातभरि यादको प्रतिकार गरियो 

आर एस बिद्रोहि - गजल


हजार हजारमा किन्न पाईन्छ 
अचेल करारमा किन्न पाईन्छ। 

उ बिक्रि गर्न राखिएकि हुनुपर्छ 
र मेरो बिचारमा किन्न पाईन्छ। 

साहुजि भन्दैछ यति मात्र हैन 
फरक आकारमा किन्न पाईन्छ। 

हिजो आज बिकृतिका अनेक रुप 
प्रत्येक ओडारमा किन्न पाईन्छ। 

पैसा भयपछि रातकि रानिहरु 
क्यासिनो र बारमा किन्न पाईन्छ।॥ 

आर एस बिद्रोहि 
दैलेख

मधु साश्रु - गजल





यो दिल चिरा चिरा बनाउनेलाई बिशेष धन्यवाद । 
यस्तो मिठो मदिरा बनाउनेलाई बिशेष धन्यवाद । 

एकदिन पुतली बनेर खुला आकाशमा उडने छु, 
मलाई झुसिलकिरा बनाउनेलाई बिशेष धन्यवाद । 


कमसेकम कसैको खराब कुरा सुन्नु परेको छैन,
मेरो कान बहिरा बनाउनेलाई बिशेष धन्यवाद ।

खुब जतन गरी राख्न थालेका छन अचेल मलाई,
कोईला बाट हिरा बनाउनेलाई बिशेष धन्यवाद । 


मधु साश्रु 



Monday, July 7, 2014

किसान - गजल

सक्नुपर्छ मुस्कुराउन सक्नुपर्छ हारमा पनि
जसरी मुस्कुराउछ चादनी अन्धकारमा पनि

कोही पाउनुलाई जिन्दगी ठान्छन कोही गुमाउनुलाई
कति भिन्न छन् यी मान्छेहरु विचारमा पनि

बावुले सन्तान मारेको खवर आइरहन्छ र त
विश्वास लाग्न छोडेको हो तिम्रो प्यारमा पनि

अध्यारो मन भएको थाहा पाएको दिन देखी
अध्यारै देखिएका छौ तिमी श्रृङगारमा पनि

सुन्थे अभावले मान्छे लाई अपराधी बनाउछ,
के साच्चै अभाव थियो र त्यो दरवारमा पनि?

- किसान



अर्जुन दृष्टि पौडेल - गज़ल


जिन्दगी बुझाउछ उसले आफ्नो परिधीबाट
सिकेर कहिले पो सकिन्छ र नदीबाट

आज खुट्टा टेक्ने भएसी चिन्दिन भन्यो 
जसलाई कुनैदिन हिडाइयो आफ्नै छातिबाट

महलका खुशीहरुमा भुइचालो जानेछ
जव हामी मुस्कुराई दिनेछौं झुपडीबाट

कमाउन भन्दा बढि सिकाएन किताबले
बरु बाँच्ने कला सिकिरहेछु जिन्दगीबाट

पत्थरमा शिर झुकाएर कहिल्यै केही पाईन
जति पाउनु पर्ने त्यो पाएको छु साथीबाट

©अर्जुन दृष्टि पौडेल
     पोखरा


Thursday, July 3, 2014

रोहित शाही "अनुरागी" - गजल


आएको छ खबर फर्किएको छैन
अनुरागी घर फर्किएको छैन

यही प्रश्न लिएर फर्किन्छ भक्त
कहाँ गयो ईश्वर फर्किएको छैन

आमा सहर बारे यसो भन्नु हुन्थ्यो
जो गएको छ अक्सर फर्किएको छैन

के जादुगरी छ तिम्रो तस्विरमा
तस्विरबाट नजर फर्किएको छैन




Wednesday, June 25, 2014

नबिन नेपाल - गजल

सक्छौ ? छोडेर जाउ ! नफर्किने गरि
कि सबै छोडेर आउ नफर्किने गरि !!
किन कराएर जान्छ आमा यो मान्छे ?
कहिले जान्छ साउ नफर्किने गरि ?
जन्माएर मलाई फालेको देखेर हो !
नत्र किन गए बाउ नफर्किने गरि ?
म यी भ्रस्टहारुलाई येत्ति भन्नेगर्छु
खाउ खान त खाउ नफर्किने गरि !!
प्रीयाले एस्तो आनौठो खेल खेलाइन
मेरो भागमा दाउ नफर्किने गरि !!


जीवन सरोवर - गजल

की टुहुराको घर बनाउनु पर्छ।
कि महलमा आगो लगाउनु पर्छ।।

यसरि ठगिरहेछ भाग्यले हामिलाई।
मात्रै पानी पिएर निदाउनु पर्छ।।

मेरा साथिहरु पिएपछि भन्छन।
हिड त्यहि भट्टी भत्काउनु पर्छ।।

सुन!सालीक तिम्रो अबधि सकियो।
अब हाम्रोपनी पालो आउनु पर्छ।।

घाउमा नुन छरि मेरि प्रिया भन्छिन।
रुनु हुन्न'जीवन'मुस्कुराउनु पर्छ।।



Tuesday, June 24, 2014

ईन्धन डि बी भन्डारी - गजल

म कहिले पनि रमाएन पाउने कुराले
र दुखि पनि त भएन गुमाउने कुराले

जाने बेला यो मन यति दुखाएथ्यो कि
आज कत्ति खुशि छैन ऊ आउने कुराले

यो मुटु त्यसरी नै छिया छीया भएको छ
जसरी बिझाई रहन्छ बिझाउने कुराले

यो स्वार्थी संसारको प्रेममा पागल नबन
जाबो यादहरु आउने र हराउने कुराले

ईन्धन पुरै चट्टानमा परिणत भईसक्यो
फर्किदैन यो मन तिम्रा लोभ्याउने कुराले


डा.सुधा शाही - गजल

केही गन्तव्यमा पुग्छन् केही बाटो बिराएर जान्छन्
हरेक दिन जवान सपनाहरू हात मिलाएर जान्छन्

ठूलो पर्दाको एउटा सानो नाटकमा झैँ
केही पात्रहरू नेपथ्यमै बिलाएर जान्छन्

भत्किएका गोरेटाहरु,लथालिङ्ग पैतालाहरु
तिनीहरूले पनि त हिँड्न सिकाएर जान्छन्

कहाँ कहाँबाट आउँछन् गह्रुँङ्गा हावाहुरी
मेरो मुटुमा घरको सम्झना बिसाएर जान्छन्

यौटा सहजकर्ताझैँ अप्ठयारा परिस्थितिहरुले
बारम्बार मलाई आफैसँग चिनाएर जान्छन्

केही मसँग हाँसेर जान्छन् केही रोएर जान्छन्
केही मान्छेहरू मनसँग मन मिसाएर जान्छन्


डा. निरज भट्टराई - गजल

कसरी कसरी राजहरु कहाँ  कहाँ सम्म पुग्छन
बन्द कोठाबाट आवाजहरु कहाँ कहाँ सम्म पुग्छन
जो गएको छ ऊ फर्केर आउन सक्दैन तर
ढोका हल्लिंदा अन्दाजहरु कहाँ कहाँ सम्म पुग्छन
त्यसै त हात जोडेका छैनन् ,त्यसै त झुकेका छैनन्
यी प्रार्थना, यी नमाजहरु कहाँ कहाँ सम्म पुग्छन
केवल गरिबको कसौंडीसम्म पहुँच हुँदैन
पुग्नलाई त अनाजहरु कहाँ कहाँ सम्म पुग्छन
तेरो गज़लमा भावको दायरा साँघुरो छ 'निरज'
गालिब ,दुश्यन्त र फराज़हरु कहाँ कहाँ सम्म पुग्छन



Friday, June 20, 2014

राम शरण श्रेष्ठ - गजल


कमिलाको ताँतिबाट पनि केहि सिक्नुपर्छ
अन्धकार रातीबाट पनि केहि सिक्नुपर्छ

किन सोच्नुहुन्छ तपाँई आफै मात्र बुझकार
अलिकति साथीबाट पनिकेहि सिक्नुपर्छ

सबै हुन्न् पक्कै सफल प्रेम गर्दा पनि
बिश्वासको घातिबाट पनिकेहि सिक्नुपर्छ

केहि माग्दैन बदलामा सबै टिपि लगेपनि
कोमल फुल-पातीबाट पनिकेहि सिक्नुपर्छ

एक्कईसौं सदिकमा छौं चलन पक्कै फेरिन्छ नै
हजुरबाले नातीबाट पनिकेहि सिक्नुपर्छ





संगीता थापा - गजल

महङ्गिदो भाउ बजारका लागी
समचार बनेछ अखबारका लागी

फुली रहन देउ फूलहरुलाई
नटिप्नु ब्यर्थ उपहारका लागी

आमाको सपना बन्दकी राखेर
मदन छ लाममा कतारका लागी

घाईते दिल बोकेर मेरो निवासमा
कोही आयोथ्यो उपचारका लागी

मान्छे-मान्छेमा किन दर्जा छुट्याईयो
मेरो पनि प्रश्न सरकारका लागी

यौटा विज्ञापन जरुर पढ्नु होला
'बाउसेको खोजी छ असारका लागी




समिर सायर भट्टराई

उ हिड्यो राजधानी राहदानी बोकेर
फाल्ने भयो जवानी राहदानी बोकेर 

यसरी तड्पीएछ अभाबै अभाबमा
न अन्न छ न पानी राहदानी बोकेर 

ए सरकार कानून शंसोधन गर
हिड्छन बाबु नानी राहदानी बोकेर 

'सायर ' देशमै शब्दको खेती गर्नु छ
छैन खासै आम्दानी राहदानी बोकेर



Thursday, June 19, 2014

टिका खड्का (राष्ट्रप्रेमी) - गजल

हाँस्दै फुल्ने गुँरासको डाली प्यारो लाग्छ 
धान झुल्ने गैरीखेतको आली प्यारो लाग्छ 

जाली झेली होइन साथी परिश्रमी बन्नुस् 
तपाईलाई नी परिश्रमको बाली प्यारो लाग्छ


चाँहिदैन हिंसा रोप्ने बन्दुक नेपालीलाई
पसिनाको बिज रोप्ने फाली प्यारो लाग्छ


बिरताको गाथा कोर्ने हामी गोर्खालीलाई
स्वाभिमानको गाँस टिप्ने थाली प्यारो लाग्छ


देश द्रोही भ्रस्टचारी मासौँ देशै बाट
यो देशलाई "राष्ट्रप्रेमी" माली प्यारो लाग्छ





Wednesday, June 18, 2014

शान्ति अधिकारी - गजल

मदहोसी थिएँ कसैको मायामा
पलपल सकिएँ कसैको मायामा 
सौन्दर्य सागर झुलेका लता झै
अतृप्त प्याला पिएँ कसैको मायामा 
नबुझ्दा उसैले जवानीको पीडा
हिँउझै पग्लिएँ कसैको मायामा 
उधारेर गयो सुम्पेको त्यो मुटु
हेर आफै सिएँ कसैको मायामा 
अशान्ति बढाई गएथ्यो बैगुनी
‘शान्ति’ भन्दै जिएँ कसैको मायामा



Monday, June 16, 2014

समर प्रकाश - गजल

सायद ठूलै भिरमा प्राण त्याग्नेछु
कसम तिम्रै पिरमा प्राण त्याग्नेछु

तिमी छौ र त बाच्न मरिहत्ते हुदैछ
तिमी नभए आखिरमा प्राण त्याग्नेछु

जुन मन्दिर पसी मेरो जिन्दगी माग्थ्यौ
गएर त्यहि मन्दिरमा प्राण त्याग्नेछु

मलाई छोडी अरुकै डोली चढ्नु खोजे
तिम्रै अघि मंसिरमा प्राण त्याग्नेछु



Sunday, June 15, 2014

जीवन सरोबर - गजल


ठिक छानिएको छ थुप्रै बेठिकबाट
म यो नियालि रहेकोछु नजिकबाट

एकदिन यो जिन्दगी यत्तिकै जानेछ
बार्षिक, मासिक हुँदै दैनिकबाट

‘यो संसार मान्छेहरुको प्रयोग रहेछ’
यस्तो बिज्ञप्ति आयो बैज्ञानिकबाट

किन उपहारमा मलाई आगो दियौ
र किन बनायौ मलाई प्लाष्टिकबाट 

ए ! जीवन, भोलि देश कसरी रहला
आज देश पढिएन भने नागरिकबाट



Saturday, June 14, 2014

कमल 'जलन ऑशु' - गजल


बानी पर्यो पीउन आजकल पानी नहालेको
लेऊन सॉईली एक बोतल पानी नहालेको 

गज्जब छ सक्ती यस्मा पीउंदा यस्तो लाग्छ
पहाड पनी हुन्छ समथल पानी नहालेको 

जस्तो हुन्छ मदिरा त्यस्तै लेख्ने जमर्को छ
मुक्तक, हो या सके गजल पानी नहालेको 

के को डर केको त्रास म पीउंछु आफ्ना लागी
यसै अम्मल उसै अम्मल पानी नहालेको 



 
Copyright © 2014 हाम्रो पिपलबोट (Hamro Pipalbot).......... DESIGNED BY :- नविन शर्मा मुस्कान.